Most mathematical flag of the world !!! - Travel Nepal | Book Nepal Holidays 24/7

Most mathematical flag of the world !!!

नेपाली झन्डा

अह मलाई थाहा थिएन. नेपाली झन्डा को हिसाब यति गम्भीर रहेछ. नेपालले ओलम्पिक मा मेडल नाजितेपनि नेपाली झन्डाले सबैको आखा तानेको रहेछ. लन्डन ओलम्पिक मा यो झन्डा देखेर दंग पर्ने हरु धेरै रहेछन. तेस्तै मध्य भिडियो मा देखिएका यी बिदेशी (  James Grime) पनि हुन्.  साथीहरुमार्फत ट्विटर मा सेयर गरिएको यिनै बिदेशीले बनाएको यो भिडियोले मलाई निकै अचम्मित पार्यो. बिस्वको कैयौ देश हरुको भन्दा हाम्रो झन्डा निकै भिन्न देखिन्छ. सबै को आकार चारपाटे हुदा नेपाल को झन्डा त्रिकोण आकार  को छ. सिम्रिक रंग को पृष्ठभूमिमा सेतो चन्द्र र सुर्य अंकित निलो किनारा भएको हाम्रो झन्डाले बेग्लै पहिचान बोकेको छ. एसको इतिहास निकै पुरानो मानिन्छ तेस्तै शान्ति, बहादुरिता र शितलता को प्रतिक्स्वोरूप  यो झन्डा आज सम्म फरफराएको छ.
यो झन्डा तयार पार्न धेरै गणितिय ज्यामितिको हिसाब मिलाउनु पर्ने रहेछ. बिशेष गरेर पहिलो बिस्व र ग्रिक मा प्रयोग हुने  ज्यामितीय हिसाबहरु हाम्रो झन्डा मा देखिएको छ. नेपाली भएर पनि  हामी कतिपयलाई हाम्रो झन्डा बनाउन आउदैन. तर एउटा बिदेशी ले हाम्रो झन्डा को म्याथम्याटिक  बुजेर कति सजिलै स्केच गरेको छ हेर्नुहोस भिडियोमा..उसले हामी नेपाली लगायत सबैलाई हाम्रै झन्डा बनाउन सिकाएको छ.

Post a Comment

Leave your message here

Things to do in Nepal

My Instagram

Copyright © Travel Nepal | Book Nepal Holidays 24/7. Made with by OddThemes